कुमारी बैङ्क र हेल्भेटास नेपालबिच हरित अर्थतन्त्र प्रवर्द्धनका लागि सम्झौता

  • बिहीबार ४ भौ २०८३ ०७:४८ AM
काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) बिच नेपालको हरित अर्थतन्त्र प्रवर्द्धन तथा वित्तीय पहुँच विस्तारका लागि सम्झौता भएको छ। बैंकिङ्ग सेवा, क्षमता अभिवृद्धि र रणनीतिक साझेदारीमार्फत दिगो विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ दुवै संस्थाबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार नेपालको उदाउँदो हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवा व्यवसायी