काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरीको स्रोत–साधन खरिद प्रक्रियामा अनियमितता भइरहेको आरोप लगाउँदै निश्चित विचौलियाले प्रहरी प्रधान कार्यालय नै कब्जा गरेको दाबी गरेका छन् । बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरीको खरिद प्रक्रियासम्बन्धी कागजात समितिले माग गरे पनि प्राप्त भए–नभएकोबारे जानकारी गराउन सभापतिलाई आग्रह गरे ।