मकवानपुरमा ट्रक दुर्घटना, चालक सकुशल

  • बिहीबार ४ भौ २०८३ ०७:२३ AM
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ लेनडाँडा घुम्तीस्थित कान्ति लोकपथ सडकखण्डमा ट्रक दुर्घटना भएको छ। बिहीबार बिहान करिब ७ बजे रौतहटको चन्द्रपुरबाट तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत महादेवटारका लागि ह्युमपाइप बोकेर जाँदै गरेको ना.१ क ८५३६ नम्बरको ट्रक ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल भिरमा खसेको हो। दुर्घटनामा ट्रक चालक रौतहट चन्द्रपुर नगरपालिका–६ का ३६ वर्षीय