एनजीओलाई मात्रै दोष दिन मिल्दैन, लक्षित वर्गको जिम्मेवारी राज्यले लिनुपर्छ : इन्दिरा रानामगर

  • बिहीबार ४ भौ २०८३ ०८:०१ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगरले गैरसरकारी संस्था (एनजीओ)लाई मात्रै दोष दिनुभन्दा सरकारले बालबालिका तथा लक्षित वर्गको संरक्षणमा प्रत्यक्ष जिम्मेवारी लिनुपर्ने बताएकी छन् । बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै रानामगरले एनजीओ तथा नागरिक समाजले राज्यले गर्नुपर्ने कतिपय जिम्मेवारीसमेत वहन गरिरहेको बताइन् । अरूलाई दोष दिनुअघि सरकारले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिँदै