मुक्तिनाथ विकास बैंकले चाडपर्व लक्षित कृषि तथा एसएमई कर्जा योजना ल्यायो

  • बिहीबार ४ भौ २०८३ ०६:४४ AM
काठमाडौं । मुक्तिनाथ विकास बैंकले तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रका लागि विशेष कर्जा योजना सार्वजनिक गरेको छ। चाडपर्वको समयमा आर्थिक गतिविधि र व्यवसाय विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको योजनाअन्तर्गत कृषि तथा एसएमई कर्जामा न्यूनतम ०.५० प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा उपलब्ध गराइने बैंकले जनाएको हो। यस्तै, कर्जा प्रवाह गर्दा लाग्ने कर्जा प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। योजनाबाट कृषि, उद्यम सञ्चालन, व्यवसाय विस्तार तथा कार्यशील पुँजीका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने बैंकको विश्वास छ। अन्य बैंक तथा ... The post मुक्तिनाथ विकास बैंकले चाडपर्व लक्षित कृषि तथा एसएमई कर्जा योजना ल्यायो appeared first on Kalika Khabar.