काठमाण्डु– भदौ महिना सुरु भएसँगै नेपालमा अन्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी अन्डाको नयाँ फार्म समर्थन मूल्य सार्वजनिक गरेको हो। चितवनलाई आधार मानेर तोकिएको नयाँ मूल्यअनुसार एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ पुगेको छ। यस्तै, ठूलो अन्डा ५७५ रुपैयाँ र मिडियम अन्डा ५३५ रुपैयाँ प्रतिक्रेट कायम गरिएको छ।