काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी निर्णय र निर्देशविपरीत प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको भन्दै बागमती प्रदेश संसदीय दलका नेता उद्धब थापामाथि कारबाही गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले आजै बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने तयारी गरेको जानकारी दिए । २० साउनमा बसेको कार्यसम्पादन