काठमाण्डु – बाल अधिकार सिकाइ सम्मेलन, २०८३ ले बालअधिकार संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि सरकारको ध्यानाकर्षण गराउँदै ३७ बुँदे घोषणापत्र जारी गरेको छ। ‘विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन् र ‘बालबालिका राष्ट्रिय गौरव हुन्’ भन्ने नारासहित बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को आयोजनामा भएको दुई दिने सम्मेलनको समापनका अवसरमा बुधबार घोषणापत्र जारी गरिएको हो।