काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारले समाज कल्याण परिषद् बदनाम संस्थाका रुपमा रहेको भन्दै खारेज गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उनले परिषद्मार्फत गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) को खर्च पारदर्शी र प्रभावकारी नभएको बताए । ती संस्थामाथि कडा नियमन गरिनुपर्ने उनको भनाइ थियो । समाज कल्याण