कृषितर्फ आकर्षित हुँदै भोजपुरका किसान

  • बिहीबार ४ भौ २०८३ ०६:२३ AM
भोजपुर । जिल्लामा सञ्चालन भएका विभिन्न अनुदान तथा प्राविधिक सहयोगका कार्यक्रमले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । कृषि उत्पादनका लागि आवश्यक सिँचाइ पूर्वाधार, उन्नत बिरुवा, कृषि यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणमा सहयोग उपलब्ध हुन थालेपछि जिल्लाका किसान परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक उत्पादनतर्फउन्मुख हुन थालेका हुन् । कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको महत्त्वपूर्ण आधारका