भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा संरक्षणको जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्नेमा जोड दिएका छन् । खौमाको पुनर्निर्मित देवघरको उद्घाटन गर्दै उनले सम्पदा संरक्षणमा पुस्तान्तरण आवश्यक रहेको बताए । भक्तपुरका सम्पदा, कला र संस्कृति आफैँमा एउटा विश्वविद्यालय भएकाले यसको अध्ययन र अनुसन्धानमा युवाको अभिरुची हुनपर्छ भने । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल