सरकार फेरिए तर युवाको बाध्यता फेरिएन, विदेशिने युवाको लर्को उस्तै

  • बिहीबार ४ भौ २०८३ ०६:३२ AM
नेपालमा पछिल्लो एक दशकमा धेरैवटा सरकार फेरिए, राजनीतिक दल फेरिए, युवालाई स्वदेशमै रोजगारी दिने प्रतिबद्धता पनि पटक–पटक दोहोरियो । तर रोजगारीको खोजीमा विदेशिने नेपाली युवाको अवस्था भने फेरिन सकेको छैन । पुराना दलप्रति निराश भएका युवाले नयाँ राजनीतिक शक्तिको उदयसँगै परिवर्तनको आशा गरेका थिए । पुराना सरकारले पूरा गर्न नसकेका सपना नयाँ सरकारले पूरा गर्ला