नेपालमा बाल कलेजो प्रत्यारोपण सेवामा नयाँ उपलब्धि, किष्टमा ५ वर्षीया बालिकाको उपचार सफल

  • बिहीबार ४ भौ २०८३ ०५:४२ AM
ललितपुर, नेपाल। नेपालमा पहिलो पटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल बाल कलेजो प्रत्यारोपण गरिएको छ। किष्ट प्रत्यारोपण केन्द्रले सम्पन्न गरेको यस सफल प्रत्यारोपणले नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विकासतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। विल्सन रोगका कारण गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पतालमा ल्याइएको थियो। प्रत्यारोपणअघि उनको स्वास्थ्य अवस्था निकै जटिल रहेको थियो। करिब एक महिनासम्म विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार, सघन उपचार तथा निरन्तर निगरानीमार्फत स्वास्थ्य अवस्था स्थिर बनाएपछि कलेजो प्रत्यारोपण गरिएको हो। वि.सं. २०८३ भदौ २ गते ३३ वर्षीया आमाले आफ्नी ५ वर्षीया छोरीलाई ... The post नेपालमा बाल कलेजो प्रत्यारोपण सेवामा नयाँ उपलब्धि, किष्टमा ५ वर्षीया बालिकाको उपचार सफल appeared first on Kalika Khabar.