भारतीय सागसब्जीमा कडाइ, नेपाली किसानका उत्पादनले पायो बजार

  • बिहीबार ४ भौ २०८३ ०५:४२ AM
राँझा । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन् । विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत अहिले व्यावसायिक रूपमा सागसब्जी खेती गर्न अग्रसर भएको कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले जानकारी दिए । उनकाअनुसार अहिले बाँकेमा छ हजार ३५२ हेक्टर जमिनमा वार्षिक करिब