हेटौंडा– नेकपा नेता सरल सहयात्री पौडेल बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बन्ने भएका छन् । नेकपाले पूर्वमाओवादी लडाकुका कमाण्डर पौडेललाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउने निर्णय गरेको सो पार्टीको संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री शालिकराज मजकट्टेलले जानकारी दिए । सत्ता साझेदार एमाले, नेकपा र राप्रपाबीच मन्त्रालय भागबण्डामा आर्थिक मामिला नेकपाको भागमा परेको छ