सर्लाही प्रहरीले ठुलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ । प्रहरीले जिल्लाको कोडैना गाउँपालिका–१ लक्ष्मीपुरस्थित बास घारीबाट करिब ३०० किलो गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार मंगलबार राति करिब १०ः१५ बजे स्थानीय बिजन पटेलको टाली र बाँसले बनेको भुस राख्ने घरमा