बारा।बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयबासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । पीडित परिवार तथा स्थानीयले बुधबार बिहानैदेखि वीरगञ्ज–पथलैया सडकखण्डमा टायर बालेर प्रदर्शन जारी राख्दै सडक अवरुद्ध गरेका हुन् । बालिकाको न्यायको माग गर्दै गरिएको प्रदर्शन जारी रहेको छ । सडक अवरुद्ध भएपछि वीरगञ्ज–पथलैया सडकखण्डमा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् । उनीहरुले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरिरहेका छन् । The post तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारामा प्रदर्शन जारी, वीरगञ्ज–पथलैया सडक अवरुद्ध appeared first on Kalika Khabar.