काठमाण्डु– रुसले रातभर गरेको क्षेप्यास्त्र आक्रमणमा युक्रेनको राजधानी किभ र आसपासको क्षेत्रमा कम्तीमा पाँच जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। युक्रेनको राज्य आपत्कालीन सेवाका अनुसार बिहीबार भएको ‘ठूलो आक्रमण’मा अपार्टमेन्ट भवन र गोदामहरूलाई निशाना बनाइएको थियो। आक्रमणमा कम्तीमा २३ जना घाइते भएका छन्। ध्वस्त भएका भवनको भग्नावशेषमा फसेकाहरूको उद्धारका लागि उद्धार टोली परिचालित छन्।