ठेक्का तोडिएका व्यवसायीलाई बाँकी बक्यौता बुझाउन ३५ दिने अल्टिमेटम

  • बिहीबार ४ भौ २०८३ ०५:०२ AM
इलाम । सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता तोडिएका विभिन्न निर्माण व्यवसायीलाई सरकारी बाँकी रकम ३५ दिनभित्र दाखिला गर्न अन्तिम ताकेता गरेको छ । डिभिजनअन्तर्गत सञ्चालित विभिन्न आयोजनामा सम्झौताअनुसारको दायित्व पूरा नगरी गम्भीर सम्झौता उल्लङ्घन गरेका निर्माण व्यवसायीका ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ । ठेक्का अन्त्यपश्चात् सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(८) तथा