राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

  • बिहीबार ४ भौ २०८३ ०५:०५ AM
काठमाडौं । लामो समयदेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा दीर्घबहादुर रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकका कार्यकारी निर्देशक रावललाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको सिफारिसमा रावललाई उक्त जिम्मेवारी दिइएको हो । रावल हाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागको नेतृत्व