एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै सबैभन्दा कठोर र विनाशकारी आर्थिक कारबाहीको घोषणा गरेका छन् । बुधवार एक वक्तव्य जारी गर्दै ट्रम्पले इरानले सम्झौताका लागि दिइएको अवसर सदुपयोग गर्न नसकेको आरोप लगाउँदै यस्तो कदम चालेको बताएका हुन् । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले यस अभियानलाई अभूतपूर्वस्तरको आर्थिक युद्ध र एक्लोपनको संज्ञा दिए