गाजा शहरको प्रहरी मुख्यालयमा इजरायली हवाई आक्रमण, ९ जनाको मृत्यु

  • बिहीबार ४ भौ २०८३ ०३:४१ AM
एजेन्सी । इजरायली वायुसेनाले गाजा सहरस्थित हमासद्वारा सञ्चालित प्रहरी मुख्यालयलाई लक्षित गरी गरेको हवाई आक्रमणमा एक महिलासहित कम्तीमा ९ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टाइनी प्रहरीले जारी गरेको संक्षिप्त विज्ञप्तिअनुसार इजरायली विमानले नगरपालिकाको प्रहरी मुख्यालयलाई निशाना बनाउँदा मानवीय क्षति भएको हो । चिकित्सा स्रोतका अनुसार आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु हुनुका साथै अन्य १५