एजेन्सी । भारतको मध्य प्रदेश राज्यमा भएको भीषण सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । मध्य प्रदेशको भिण्ड जिल्लास्थित ७१९ नम्बरको राष्ट्रिय राजमार्गमा एउटा यात्रुवाहक सवारीसाधन विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो । स्थानीय प्रहरीकाअनुसार दुर्घटनामा घाइते भएकाहरूमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या