एजेन्सी । संयुक्त राष्ट्र संघले इजरायली चरम दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गभिरको पछिल्लो अभिव्यक्तिको निन्दा गरेको छ । गाजामा नियतवश मानिसहरूको हत्या गर्न उक्साउने खालको टिप्पणी दिएको भन्दै राष्ट्र संघले आपत्ति जनाएको हो । बुधवार आयोजित पत्रकार सम्मेलनमा महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन दुजारिकले बेन–गभिरको भनाइलाई ‘भयावह, अपमानजनक, अमानवीय र खतरनाक’ को संज्ञा दिए