बंगलादेशमा आज ३५ वर्षपछि पहिलो पटक राष्ट्रपति निर्वाचन हुँदै

  • बिहीबार ४ भौ २०८३ ०३:२९ AM
काठमाण्डु – बंगलादेशमा ३५ वर्षपछि पहिलो पटक बिहीबार राष्ट्रपति पदका लागि प्रतिस्पर्धात्मक मतदान हुँदैछ। देशको २३ औँ राष्ट्रपति चयनका लागि जातीय संसद् (संसद् भवन) मा दिउँसो सांसदहरूले मतदान गर्दै छन् । यस निर्वाचनमा सत्तारूढ बंगलादेश नेसनल पार्टी (बिएनपी)का मिर्जा फखरुल इस्लाम आलमगीर र जमात–ए–इस्लामी नेतृत्वको ११ दलीय गठबन्धनका (अवकाशप्राप्त) कर्नेल ओली अहमद चुनावी मैदानमा छन्।