प्रविधिको सदुपयोगभन्दा दुरुपयोग बढ्दा समाजमा अराजकता बढ्यो : मेयर श्रेष्ठ

  • बिहीबार ४ भौ २०८३ ०७:३० AM
अर्घाखाँची। सन्धिखर्क नगरपालिकाका मेयर कृष्णप्रसाद श्रेष्ठले प्रविधिको उच्चतम प्रयोग गरेर समाजलाई सुधारोन्मुख बनाउनुको सट्टा दुरुपयोग गर्दा समाजमा अराजकता र उच्छृङ्खलता बढेको बताएका छन्।  सन्धिखर्कमा ‘हाम्रो साहस परियोजना’को आयोजना तथा दलित चेतना विकास परिषद् अर्घाखाँचीको साझेदारीमा आयोजित अन्तरपुस्ता छलफल कार्यक्रममा आज मन्तव्य राख्दै नगर प्रमुख श्रेष्ठले यस्तो बताएका हुन्।  कार्यक्रममा बोल्दै उनले पछिल्लो समय युवाले प्रविधिको उच्चतम प्रयोग गरेर समाजलाई अगाडि बढाउनुको सट्टा यसको दुरुपयोग बढाइरहेको बताए। उनले घरमा आउने पाहुनालाई सत्कार गर्ने परम्पराको सट्टा वाइफाइको पासवर्ड सोध्ने र विदेश जानेलाई पासपोर्ट सोध्ने प्रवृत्ति बढेको उल्लेख गरे।  उनले विगतको तुलनामा समाजमा हानिकारक परम्परा र जातीय विभेद निकै कम हुँदै गएको बताउँदै यस विषयमा प्रभावकारी रूपमा समुदायस्तरमै कार्यक्रम सञ्चालन गर्दै नगरपालिकाले वडा तहसम्म जनचेतना विस्तार गरिरहेको जानकारी दिए। यदि जातीय विभेदको अन्त्य आफैँबाट सुरु गरेमा विद्यालय, घर र समुदायमा समानताको वातावरण बन्ने उनले बताए।  यसैगरी सन्धिखर्क–७ का वडाध्यक्ष चुरा ब