दलितको पेसा फेरियो, दलन फेरिएन

  • बिहीबार ४ भौ २०८३ ०७:४८ AM
नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले पुस्तौँदेखि आफ्नो श्रम, सीप र उत्पादनबाट समाजको दैनिक जीवन सञ्चालनमा सहज गरे । आज उनीहरू नै समाजमा सामाजिक सम्मान, सामूहिक अवसर र समानताबाट सबैभन्दा बढी बन्चित छन् ।  यतिसम्म कि उनीहरूको परम्परागत पेसा, श्रम र सीप आधुनिक बजारमा मूल्यवान् बन्दै गएपछि त्यसको आर्थिक लाभ कथित उच्च समुदायहरूले लिन थालेका छन् । पेसा फेरिएको छ, प्रविधि फेरिएको छ, बजार फेरिएको छ तर विभेद र विभेद्कारी मानसिकता भने अपेक्षित रूपमा फेरिन सकेको छैन ।  आजको लोकतान्त्रिक समाजमा यसले एउटा गम्भीर प्रश्न र बहस जन्माएको छ । दलित शिल्पी समुदाय आफ्नो पेसा र श्रमबाट मात्र वञ्चित भएका छन् कि आफ्नो पेसा र श्रमको स्वामित्वबाट पनि बन्चित छन्