म्याग्दी । म्याग्दीको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको ‘स्मार्ट’ सूचना प्रणाली तयार भएको छ । जिल्ला प्रहरी कार्यालयले ‘क्युआर कोड’को सहायतामा नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको ‘मौरिस हर्जोग’ पदमार्गको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने सूचना प्रणाली तयार पारेको हो । बेनीदेखि आधार शिविरसम्मका होटल तथा रेष्टुरेष्ट, आश्रयस्थल, सवारी चालकको सम्पर्क नम्बर, एकदेखि