झापामा विपद्का २५ घटना, ३४ लाखको क्षति

  • बिहीबार ४ भौ २०८३ १२:४७ AM
भद्रपुर । झापामा गत साउनमा बाढी, पहिरो, आगलागी, चट्याङ तथा जङ्गली जनावरको आक्रमणलगायत २५ वटा विपद्का घटना भएका छन् । ती घटनाका कारण रु ३४ लाख २४ हजार बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जन अवालेकाअनुसार साउनभर भएका विभिन्न विपद्का घटनामा परी दुई जना घाइते