राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

  • बुधबार ३ भौ २०८३ ०३:२४ PM
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। रावल हाल नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभाग प्रमुखका रूपमा कार्यरत थिए। उनले राष्ट्र बैंकमा करिब २० वर्षदेखि सेवा गर्दै आएका छन्।