काठमाडाैं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ बहादुर रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले रावललाई केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गरेको हो । यसअघि किरण पण्डित डेपुटी गभर्नर भएका थिए । दुवै जना ५ वर्षका लागि डेपुटी गभर्नर नियुक्त भएका हुन् ।