कर्णालीमा एमालेका ३ मन्त्रीद्वारा शपथ ग्रहण

  • बुधबार ३ भौ २०८३ ०२:४१ PM
सुर्खेत – कर्णाली प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट सहभागी ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सत्तारूढ एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि ३ हप्तापछि कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको हो । एमालेका तर्फबाट सरकारको नेतृत्व गर्दै टेकराज पछाईले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।