एजेन्सी । शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र करिब एक हजार दुई सय जना घाइते भएको चार दिनपछि पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा किराना पसल, पेट्रोल पम्प तथा अन्य व्यापारिक प्रतिष्ठान पुनः सञ्चालनमा आएका छन् । गत शनिबार बिहान गएको भूकम्पबाट हजारौँ घर तथा सार्वजनिक संरचनामा क्षति पुगेपछि ५९ हजार ६ सयभन्दा बढी मानिस