काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवारलाई नेपाली कांग्रेसका सांसद विष्णुवहादुर खड्काले आर्थिक सहयोग गरेका छन्। नेपालीको परिवारलाई तीन दिनको तलब दिने प्रतिबद्धताअनुसार सांसद खड्काले आफ्नो तीन दिनको पारिश्रमिकमा थप रकमसमेत जोडेर २५ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन्। सांसद खड्काले नेपालीको परिवारलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन्। आर्थिक कठिनाइमा रहेको परिवारलाई केही राहत