काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारको स्थिरताको पक्षमा रहेको बताएका छन् । बुधबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले मुलुकमा राजनीतिक स्थिरता कायम होस् र सरकारले पाँच वर्षको पूर्ण कार्यकाल पूरा गरोस् भन्ने पक्षमा आफूहरू सकारात्मक रहेको स्पष्ट पारे । सत्तारुढ दलभित्रको आन्तरिक व्यवस्थापन र संसदीय दलको