सरकारले बजारमा खाना पकाउने एसपी ग्यासको आपूर्ति व्यवस्था क्रमशः सहज हुँदै गएको जनाएको छ । बुधवार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन् । प्रवक्ता पोखरेलका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अहिले विभिन्न स्थानमा ग्यास सिलिन्डर वितरणको काम भइरहेको छ ।