बालुवाटारस्थित आफ्नै भवनमा सर्‍यो गरिमा विकास बैंकको केन्द्रीय कार्यालय

  • बुधबार ३ भौ २०८३ १२:१२ PM
काठमाडौं । गरिमा विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारस्थित नवनिर्मित आफ्नै भवनमा सरेको छ । यसअघि बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं २ स्थित लाजिम्पाटमा रहेको थियो । आजबाट काठमाडौं महानगरपालिका–३ स्थित बालुवाटारमा नवनिर्मित आफ्नै केन्द्रीय कार्यालयबाट काम सुरु गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नयाँ भवनको उद्घाटन गरेका