काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्देशनविपरीत सरकार निर्माणका लागि समर्थन दिएको भन्दै संसदीय दलका नेताले हस्ताक्षर सार्वजनिक गर्नु गम्भीर अनुशासन उल्लंघन भएको जनाएको छ। बुधबार राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले विज्ञप्ति जारी गरी पार्टीको निर्देशनविपरीत समर्थन दिइनु गम्भीर अनुशासन उल्लंघन भएको बताएका हुन् । विज्ञप्तिमा यस विषयमा अनुशासन समितिले आवश्यक प्रक्रिया अघि बढाइसकेको उल्लेख