काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानलाई मल वितरण गर्दा लालपुर्जा माग्नुलाई नकारात्मक रूपमा लिन नहुने बताएकी छन् । बुधवार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दे उनले जग्गाको क्षेत्रफलको आधारमा आवश्यक मल वितरण गर्न लालपुर्जा मागिएको बताइन् । किसानको जग्गाको क्षेत्रफलका आधारमा प्राविधिकको सिफारिसअनुसार मलको मात्रा निर्धारण गर्न लालपुर्जा वा जग्गाको