काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले बाराको सिमरामा तीन वर्षीय बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरूले यस्तो माग गरेका हुन् । बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद डा. शाहजान खातुनले ३ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटना मानवतामाथिको कलंक भएको बताइन्