काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले सरकार चिट्ठामा रमाइरहेको टिप्पणी गरेपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति गरेकी छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा एमाले सांसद सिद्धिकीले सरकार चिट्ठामा रमाइरहेको टिप्पणी गरेकी थिइन् । उनले सरकारले शुरुवाती सयमा दिनमा सम्पन्न गर्ने भनि ल्याएको एक सय बुँदे कार्ययोजनाको गम्भीर समीक्षा गर्नुपर्ने