सिमरामा ३ वर्षीया बालिकाको हत्या घटनामा प्रहरीको लापरबाही भएको सांसद अन्सारीको आरोप

  • बुधबार ३ भौ २०८३ १०:५५ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहवर अन्सारीले बाराको सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको गम्भीर लापरबाही रहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद अन्सारीले इलाका प्रहरी कार्यालय सिमराको अकर्मण्यताका कारण बालिकाको ज्यान गएको दाबी गरे । उनले घटनाप्रति प्रहरीको फितलो उपस्थिति र अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाउँदै