राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद बसुमाया तामाङले काभ्रेमा प्रहरी र एक महिलासँग सम्बन्धित फोटो तथा भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै दोषीलाई कानुनी कारबाही गर्न माग गरेकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद तामाङले आफूलाई मन नपर्ने व्यक्ति वा संस्थाको चरित्र हत्या गरेर रमाउने प्रवृत्ति समाजका लागि गम्भीर