रास्वपा सांसदलाई ‘चिठ्ठामा परेको’ भनेपछि संसद्मै आशिकाको आपत्ति

  • बुधबार ३ भौ २०८३ ११:०६ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेकपा एमालेकी सांसद साजिता सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर आएको भन्दै गरेको टिप्पणीप्रति नियमापत्ति जनाएकी छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा सांसद सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर संसद्मा आएको टिप्पणी गरेपछि सांसद तामाङले उठेर नियमापत्ति जनाएकी हुन्। सांसद तामाङले आफूहरू कुनै चिठ्ठाबाट नभई जनताको अमूल्य मतबाट