रास्वपाले बनायो विधान संशोधन कार्यदल

  • बुधबार ३ भौ २०८३ ०९:१६ AM
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन कार्यदल बनाएको छ । बुधबार सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको अनौपचारिक बैठकले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल बनाएको हो । उक्त कार्यदललाई आवश्यकता अनुसार विधान संशोधन गर्न ७ दिनको समय सीमा दिएको संसदीय दलको उपनेता गणेश पराजुलीले जानकारी दिए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०८३ लाई आवश्यक अनुसार संशोधन गर्न मुख्य सचेतकको संयोजकत्वको कार्यदल गठन गरेको छ । उक्त कार्यदलले ७ दिनभित्र कार्यविधि बनाएर आगामी दिनमा संसदमा उपस्थित हुँदै गर्दा कम्तीमा संसद्को मर्यादा, आफ्नो जिम्मेवारी, जनपक्षीय आवाज र ... The post रास्वपाले बनायो विधान संशोधन कार्यदल appeared first on Kalika Khabar.