वर्षायामको बिजुली खेर जान नदिन मौसमी विद्युत् दर लागू गर्ने सरकारको तयारी

  • बुधबार ३ भौ २०८३ ०९:१७ AM
काठमाडौं । सरकारले बिजुलीको महसुल घटाएर विद्युत् खपत बढाउने तयारी थालेको छ । वर्षायाममा विद्युत् उत्पादन बढ्दा मागअनुसार खपत हुन नसकेर बिजुली खेर जाने अवस्था दोहोरिन थालेपछि नेपाल विद्युत् प्राधिकरणले महसुल पुनरावलोकनको गृहकार्य अघि बढाएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकनका लागि समिति गठन