राष्ट्रिय सभामा सांसदहरुले उठाए सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषय

  • बुधबार ३ भौ २०८३ ०८:१७ AM
काठमाडौं । सांसदहरूले मुलुकका समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसदहरूले सुदूरपश्चिमको विकासमा भएको ढिलाइ, सार्वजनिक बिदाको व्यवस्थापन, होल्डिङ सेन्टरमा रहेका विस्थापितको अवस्था, जनस्वास्थ्य, महँगीलगायत विषय उठाएका हुन् । सांसद नारायणदत्त मिश्रले सुदूरपश्चिम प्रदेशको विकासमा केन्द्र सरकारले उपेक्षा गरेको आरोप लगाए । सेती,