काठमाडौं । क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीका कारण कलंकी–नागढुंगा सडकमा क्षति बढ्दै गएको छ । सडक विभागका अनुसार ओभरलोडका कारण सडकको आयु घट्नुका साथै बालुवा, गिट्टीलगायत सामग्री बोकेका सवारीले पानी चुहाउँदा दुर्घटनाको जोखिमसमेत बढेको छ । काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख सुवोध देवकोटाका अनुसार कलंकीदेखि नागढुङ्गासम्मको सडकमा छ महिनाअघि मात्रै ओभरले गरिएको थियो ।