नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ

  • बुधबार ३ भौ २०८३ ०७:३० AM
काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटरक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई–टेरेन पिकअप ट्रक बुकिङ भएको जनाएको छ । कम्पनीका अनुसार बुकिङ भएकामध्ये ३६ वटा कम्फर्ट भर्सन र ८ वटा प्रिमियम भर्सन रहेका छन् । कम्पनीले तीन साताअघि मात्रै नेपाली बजारमा सार्वजनिक गरेको ई–टेरेन कम्फर्ट भर्सनको मूल्य ८८ लाख रुपैयाँ तोकेको थियो ।