लमजुङ । बिहानको उज्यालो पूर्ण रूपमा फैलिन नपाउँदै मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिर परिसरमा भक्तजनको चहलपहल सुरु हुन्छ । कसैको हातमा दूध र बेलपत्र हुन्छ, कसैले पञ्चामृत बोकेका हुन्छन् भने कसैको मनमा सन्तान प्राप्ति र मनोकामना पूरा हुने विश्वास हुन्छ । वर्षभर दर्शनार्थीको आगमन भइरहने यस धार्मिकस्थलमा साउने सोमबार र महाशिवरात्रिका अवसरमा भने श्रद्धालुको